कपिलवस्तु चैत्र २०
समृद्धिका लागि सहकार्यलाई मूल मन्त्र बनाएको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बाणगंगाले एकै दिन तीन स्थानबाट सहकारी शिक्षा शिविर मार्फत सहकारी सचेतनाको शनिवार शुभारम्भ गरेको छ । संस्थाले बाणगंगा नगरपालिका वडा नं. ७ को धैरिनीडाडा, वडा नं. ९ को जिनुवा र वडा नं. ८ को बोडगाउँमा एकै साथ सचेतनामूलक शिविरको शुभारम्भ गरेको हो ।
शिवर विशेषगरी सहकारीका नीति, सिद्धान्त, उद्देश्यीय, संस्थाका वार्षिक नीति, कार्यक्रममा केन्द्रित रहेको संस्थाका ब्यवस्थापक दिनामणी खनालले जानकारी दिनु भयो । शिविरको सहजीकरण संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासे, उपाध्यक्ष कूलराज पौडेल, सचिव कृष्ण प्रसाद न्यौपाने, बनगाई सेवा केन्द्र संयोजक बिनिराम पौडेल, ऋण प्रमुख ईश्वरराज न्यौपाने, वोडगाउँ सेवा केन्द्र प्रमुख मदन पौडेलले गर्नु भएको थियो ।
त्यस्तै शिविरमा संस्थाले संचालन गरेको एप्सको बारेमा बनगाई सेवा केन्द्र प्रमुख गंगा बगाले, दिपा खरेल, कस्तुरा भुसाल जानकारी दिनु भएको थियो । लुम्बिनी प्रदेशलाई कार्य क्षेत्र बनाई सेवाहरु विस्तारलाई तिव्रता दिएको सिनर्जीमा हाल १० हजार शेयर सदस्य रहेका छन् ।
२० चैत्र २०७८, आइतबार
प्रतिक्रिया