काठमाडौं, २० चैत्र। भारतको विद्युत नियमन आयोगले विद्युत्को अधिकतम् मूल्य प्रति युनिट १८ रुपियाँ घटाएको छ । आयोगले सोमबारदेखि लागुहुने गरी भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको हो । यस अघि ३८ रुपिया याँ तोकेको विद्युत मूल्य २० रुपैयाँ तोकेको हो । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको भन्दै गत सातादेखि भारतको विद्युत नियमन आयोगले विद्युतको मुल्य अधिकतम् ३८ रुपियाँ तोकेको थियो ।
आयोगले ‘डे अहेड’मार्केटमा प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने भएको हो । भारतीय विजुलीको मूल्यमा कमी आएसँगै नेपाललाई करोडौं रुपियाँ राहत पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो । सुख्खा समयमा पानीको सतह घटेपनि माग अनुसार नेपालमा विद्युत उत्पादन कमी भएपछि प्राधिकरणले विद्युत आपूर्ति गर्न भारतबाट आयत गर्दै आएको छ । प्राधिकरणले २० रुपियाँमा विद्युत खरिद गरेर ९ देखि ११ रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता समेत रहेको जनाएको छ ।
अझै नेपालले सुख्खा मौसम सक्ने समय अर्थात डेड महिनासम्म भारतको यो ‘डे अहेड मार्केट’बाट विद्युत खरिद गरी आपूर्ति गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ । हाल नेपालमा १६सय ५० मेगावाट विद्युत माग रहेको छ भने २४ घण्टाको पिकिङ उत्पादन भने १४ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ । गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नु परेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो ।
हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले अझै ढेड महिना भारतबाट विद्युत आयात गर्नु पर्ने जनाएको छ । जेठ अन्तिमदेखि भने नेपालको कूल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत विक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने, थप आठ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रकृया समेत अघि बढाइ सकेको जनाएको छ । विद्युत महँगो हुँदा प्राधिकरणलाई आठ अर्ब नोक्सान हुने भएको छ ।
प्रतिक्रिया