प्रदेश

एमालेको सिंगो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश, वडा नै एमालेबिहीन भएको दाबी



काठमाण्डौ, २० चैत्र ।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ४ को नेकपा एमाले वडा कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ।

सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ।
यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो। अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तेजबहादुर ओलीले बताए।

उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा हुन्।

उनीहरूलाई ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले पार्टीमा प्रवेश गराएका थिए। त्यहाँ सिङ्गो वडा कमिटीसँगै एमाले समर्थित नागरिक पनि माओवदीमा आएका छन्। (रासस)

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६