प्रदेश

वैज्ञानिक समाजवादी पार्टीः आहुतिको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन




काठमाडौं, २० चैत्र । वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकारसहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ ।

प्रवुद्ध समितिको संयोजकमा कलैयाका ९० वर्षीय नन्दन अर्याल चुनिएका छन् । डा. शिवशंकर यादव, रोहित हिङनाम, हरिदेव ठाकुर लगायत प्रवुद्ध समितिको सदस्य छन् ।

केन्द्रीय सदस्य मदन अर्याल प्रभातका अनुसार कम्युनिष्ट आन्दोलनमा योगदान गरेकाहरु पाका व्यक्तिहरु रहने प्रवुद्ध समितिले केन्द्रीय समितिको निर्णयलाई पनि भिटो प्रयोग गरेर रोकेर फिर्ता पठाइदिन सक्छ । त्यसलाई नसच्याइकन फेरि ल्याइए राष्ट्रिय भेला समेत बोलाउन सक्ने अधिकार रहेको अर्यालले बताए ।

वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । यद्यपि केन्द्रीय समितिले पूर्णता पाउन भने बाँकी छ । सचिवालय गठन र एकजना प्रवक्ता चयन गर्न पनि बाँकी छ । केन्द्रीय समितिको एक तिहाइ सदस्य सचिवालयमा रहन्छन् । केन्द्रीय समितिले पूर्णता पाएपछि सचिवालय गठन हुने एक नेताले बताए ।

यही चैत १७ गतेदेखि काठमाडौंमा राष्ट्रिय भेला सुरु भएको थियो । १८ गतेको बन्दसत्रमा आहुतिले राजनीतिक, जागृत रायमाझीले विधान, धनकुमारी सुनारले आर्थिक प्रतिवेदन पेश गरेका थिए । मधेश प्रदेश संयोजकसमेत रहेका केन्द्रीय सदस्य मदन अर्यालको समसामयिक परिस्थितिमा प्रस्तुति थियो ।

प्रस्तावहरुमा समूहगत छलफलपछि १९ गते पारित गरिएको थियो । भेलामा करिब चार सय प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६