प्रदेश

गौतमबुद्ध विमानस्थल बाट नेपाल एअरलाइन्सले पहिलो परीक्षण उडान गर्ने



भैरहवा, २१ चैत्र । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ ।

भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ ।

यो विमानस्थलमा व्यावसायिक उडान गर्नका लागि अहिलेसम्म ११ वटा कम्पनीको चासो देखाएका प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थलबाट चाँडो व्यावसायिक उडान गर्न निर्देशन दिएसँगै प्राधिकरणले त्यसको तयारी गरेको हो ।

यो विमानस्थलमा क्यालिब्रेशन फ्लाइट अर्थात् परीक्षण उडान उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । यो विमानस्थलमा गएको फागुन पहिलो हप्ता थाइल्यान्डको एरो थाईले क्यालिब्रेशन फ्लाइट गरेको थियो ।

यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ । यो विमानस्थलमा व्यावसायिक उडानका लागि चासो देखाउनेमा नेपाली ध्वजावाहक नेपाल वायु सेवा, जजिरा एअरवेज, श्रीलङ्कन एअर, सलाम एअर, थाई स्माइल, कतार एअर, फ्लाई दुबई, गल्फ एअर, गो एअर, एअर बिच र ओमन एअर रहेका छन् ।

हप्ताको सातै दिन उडान गर्ने योजना बनाएको जजिरा एअरवेजले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६