प्रदेश

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमाले प्रवेश



धादिङ २१ चैत – धादिङकाे बेनीघाट राेराङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादीबाट निर्वाचित हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा आज साेमवार पार्टी प्रवेश गराउनुभएकाे हाे ।नेकपा माओवादी केन्द्रकाे बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहनुभएका डल्लाकाेटीले धादिङमा माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँगाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने क्रम सुरु भएकाे बताउनुभयाे ।अध्यक्ष डल्लाकोटीले गठबन्धन संस्कृति लोकतन्त्रका लागि घातक भएकाले त्यसको विरोध गर्दै पुरानो घर एमालेमा फर्किएको बताउनुभयाे । पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले जनताका लागि काम गर्न डल्लाकोटीलाई आग्रह गर्नुभएको थियो ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६