जीवनशैली

बिहे गर्ने प्रलोभन देखाएर ४२ लाख ठगी गर्ने एक जना पक्राउ



काठमाण्डाै २१ चैत – एक महिलालाई बिहे गर्ने प्रलोभन देखाएर विभिन्न बहानामा ४२ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् । 

विभिन्न प्रलोभनमा पारेर एक महिलालाई ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने रामेछापको साँघुटार नगरपालिका घर भइ काठमाण्डौ बस्ने ५२ वर्षका लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । 

श्रेष्ठले महिलालाई बिहे गर्छु भनेर विश्वासमा लिइसकेपछि बिरामी परेकाले उपचार खर्च, झारफुक खर्च लगायतका बहानामा महिलासँग पैसा असुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६