अर्थ-वाणिज्य

‘चरा गन्तब्य बन्दै घोडाघोडी ताल’



लुम्बिनी २२ चैत : कैलालीको घोडाघोडी ताल मुलुककै पहिलो बर्ड सेञ्चुरी घोषणा भएसंगै फेरिएको पहिचानलाई जोगाउन सरोकारवाला लाग्नु पर्ने देखिएकोछ । चरा पर्यटनको उत्कृष्ट स्थल थियो । अब हबका रुपमा विकास भयो । त्यसैले स्थानीयलाई रोजगारी र आयआर्जन दिई अपनत्व बढाउन लगाई ताललाई पर्यापर्र्यटनको उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् ।

ताललाई संरक्षण गर्न जुलोजिकल सोसाईटी अफ लण्डन नेपाल शाखाले ३ वर्ष यता गरेका काम र योजनाबारे समिक्षा गर्न लुम्बिनीमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका सहभागीले ताललाई बर्ड सेञ्चुरी घोषणा गरेपछि त्यस्को स्थायीत्वकालागि आईपरेका समस्या र चुनौती समाधान गर्न हातेमालो गर्दै अघि बढन सबै तयार रहनु पर्ने कुरमा जोड दिएका थिए

घोडाघोडी तालमा संरक्षणका क्षेत्रमा काम गर्दै आएका सुदुर पश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, घोडाघोडी नगरपालिका, जुलोजिकल सोसाईटी अफ लण्डन नेपाल च्याप्टरका पदाधिकारी र स्थानीय सरोकारवाला सहभागी गोष्ठीले नगरपालिकाले तालको पर्यापर्यटन विकास गर्न बनाएको ५ वर्षे गुरुयोजनालाई आत्मसात गर्दै अनुसार काम गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

‘चरा पर्यटनको ईतिहासमा नया“ काम हो,’ जुलोजिकल सोसाईटी अफ लण्डन नेपाल च्याप्टरका देशिय प्रतिनिधि डा. हेमसागर बरालले भने, ‘यसलाई जोगाउन स्थानीय आफै लाग्नु पर्छ ।’ त्यसैले चरा पर्यटनबाट स्थानीयले लाभ पाउने गतिबिधि गर्नु पर्छ । अनी संरक्षण क्षेत्र आफै जोगिदै जान्छ । त्यस तर्फ बढी ध्यान दिएर काम गर्न आग्रह गरे । घोडाघोडीको पहिचान फेरिएकोछ उनले भने यस्ले तालको महत्व अझ बढाएको छ ।
तीन वर्ष यता गरिएको अध्ययनले घोडाघोडी तालमा २० प्रजातिका चरा थपिएर अहिले ३ सय १९ प्रजातिका चरा देखिएको तथ्यांक बाहिर आएको छ । त्यस्तै ३२ प्रजातिका माछा, १६ प्रजाति स्तनधारी र ६ सय ४७ प्रजातिका बनस्पति पाईन्छ । जैविक विविधता र सिमसारकाकारण ताल महत्वपूर्ण हु“दा रामसार सचिवालयले तालमा २००३ मा विश्व सिमसार क्षेत्रमा सूतिकृत गरेको थियो ।
बर्ड सेञ्चुरीको घोषणाले चराप्रेमीकालागि महत्वपूर्ण स्थल बनेको नगर प्रमुख ममताप्रसाद चौधरीले भने यसलाई जोगाउन जनस्तरबाटै लाग्नु पर्छ । ताल साच्चीकै आकर्षक र मनमोहक छ । ‘ताल क्षेत्र र त्यहा रहेको मन्दिर क्षेत्रमा भईरहेको अनाधिकृत अतिक्रमणले थोरै चुनौती थपेकोछ,’ उनले भने, ‘त्यसलाई व्यवस्थित गर्ने तर्फ दलीय स्वार्थ त्यागेर लागेका छौं ।’ ताल क्षेत्रमा जथाभावी भौतक पूर्वाधार बनाउन नदिने र घोडाघोडी क्षेत्रमा रहेका २४ ससाना तालतलैयालाई मर्मत र संरक्षण गर्दै जैविक विविधता जोगाउने काम नगरपालिकाको प्राथमिकतामा रहेको उनले बताए ।

नगरपालिकाले तालको विकास गर्न कानून बनाएर घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड गठन गरेको छ । बोर्ड पदाधिकारीलाई ताललाई कसरी उत्कृष्ट चरा पर्यटनको गन्तब्य बनाउन सकिन्छ भनेर कार्यादेश दिएर जिम्मेबारी दिईएकोछ । ‘घोडाघोडी ताललाई बर्ड सेञ्चरी घोषणा गर्न प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीलाई कन्भिन्स गराउन ६ महिना बढी लाग्यो,’ सुदुर पश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण सचिब देवेशमणी त्रिपाठीले भने, ‘त्यसपछि राजनीतिक र कानूनी वातावरण बनाए ।’ अब यो टुरिजम हव र संरक्षणका क्षेत्रमा उदाहरणीय बन्छ उनले भने । संरक्षणसंगै पर्यटकीय विकासलाई कसरी संगसंगै लैजाने त्यो भने चुनौती रहेको उनले बताए । गोष्ठीमा वन तथा भूसंरक्षण विभाग उपमहानिर्देशक बिनिताकुमारी मिश्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग उपमहानिर्देशक बेदकुमार ढकाल, वेटल्याण्ड एक्सपर्ट टोपबहादुर खत्री, चराविद त्रय डिबी चौधरी, बासु बिडारी र राम शाहीले पनि बोलेका थिए । गोष्ठीमा कपिलवस्तु नगरपालिका, लुम्बिनी प्रदेश वन वातावरण तथा भूसंरक्षण मन्त्रालयका प्रतिनिधि सहित २२ जना सहभागी रहेका थिए ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६