प्रदेश

संविधान दिवसमा घोषणा गरिएका विभूषण नयाँ वर्षमा प्रदान गरिँदै



काठमाण्डौ, २२ चैत्र । संविधान दिवसका अवसरमा असोज ३ गते घोषणा गरिएका विभूषण आउँदो वैशाख १ गते प्रदान गरिने भएको छ ।

संविधान दिवसका दिन नौ सय तीन जनालाई विभूषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण वितरण गरिएको थिएन । वैशाख १ गते राष्ट्रपति निवास शितलनिवासमा समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

घोषित विभूषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६