ब्रेकिंग न्युज

लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना मन्त्रिपरिषद् बैठकबाट स्वीकृत



बुटवल, २२ चैत्र। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकले दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो । यस्तै सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय पनि वैठकले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

वैठकले २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवं सट्टा विदा स्वीकृत गर्ने, पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले, चित्र बलिराम सुवाल र शान्ता सारु पाल्पा लाई मनोनीत गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८, प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ र प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै लालमटिया स्वास्थ्य चौकी, भालुवाङ, दाङलाई ५० शय्याको अस्पतालमा स्तरोन्नती गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय वैठकले गरेको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६