प्रदेश

चोभार सुक्खा बन्दरगाह आजदेखि सञ्चालनमा आयो



काठमाण्डौं, २२ चैत्र । चोभारमा बनेको सुक्खा बन्दरगाह आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाण्डौका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई भित्राएर बन्दरगाहको उद्घाटन गर्नुभएको हो । अब नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको छ । यस्तै विदेश निर्यात गर्ने सामानको भन्सार जाँच पास पनि चोभारबाटै हुनेछ ।

यसअघि काठमाण्डौ र आसपासका जिल्लाका लागि आयात भएका सामान पनि सीमावर्ती क्षेत्रका भन्सारमै जाँच पास गर्नुपर्दा लोडरअनलोड लगायतको समस्या थियो ।

चोभार बन्दरगाहमा पाँच सय वटा ट्रक तथा कन्टेनर पार्किङको सुविधा तथा भन्सार कार्यालय, क्वरेण्टीन, सुरक्षाचौकी लगायतको सुविधा रहेको छ । चोभार बन्दरगाह निर्माणका लागि विश्व बैंकले एक अर्ब ५४ करोड रुपैयाँ ऋण सहयोग गरेको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६