प्रदेश

देश बनाउने अभियानमा सहभागी हुन सबै पार्टी परित्याग गरि एमालेमा आउनुहोस् : ओली



पर्सा २२ चैत – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । अन्य पार्टी ठिक नभएकाले पनि एमालेमा आएर देश बनाउने अभियानमा सहभागी हुनुपर्ने उहाँकाे तर्क छ । 

आज मङ्गलवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कतिपय भ्रममा परेर अन्य पार्टीमा रहेको भन्दै उनीहरूलाई पनि एमालेमा प्रवेश गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कतिपय साथीहरू विभिन्न प्रकारणको भ्रममा परेर अथवा अप्ठ्यारोमा फसेर विभिन्न पार्टीमा अल्झिएर वा रुमल्लिएर रहनु भएको होला । ती पार्टीहरू काम लाग्दैनन् । ती परित्याग गरेर नेकपा एमालेमा आउन र देश बनाउने महाअभियानमा सामेल हुन सबैलाई हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरूले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाएको आरोपसमेत लगाउनुभयो । तर आफू मधेसको मान्छे भएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले मधेसमा भैँसीका पिठ्युँमा बसेर कसरी चराउनुपर्छ भन्ने आफूलाई थाहा भएको उल्लेख गर्दै सबैभन्दा सजिलो विकास गर्न मधेसमा रहेको पनि बताउनुभयो । 

यसैगरी केही दिनअघि एमालेमा प्रवेश गर्नुभएका वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले अब मधेसलाई बेच्न छोड्न मधेसवादी दलहरूलाई चेतावनी दिनुभयो । उहाँले मधेसवादी दलका नेताहरूप्रति इङ्गित गर्दै अब मधेस र व्यापारीहरूलाई भजाउन सक्ने अवस्था नरहेको बताउनुभयो । 

मेयर सरावगीले मधेसवादी दलहरूले मधेसको नाममा जहिले पनि आफ्नो दुनो मात्रै सोझ्याउने काम गरेको आराेप लगाउनुभयाे । 

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६