प्रदेश

धादिङमा कांग्रेस कार्यकर्ताले आफ्नै नेतालाई कुटे



काठमाडौं, २३ चैत्र । धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ ।

दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ ।

मंगलबार राति कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेको भन्दै प्रहरीले थप छानविन गरिरहेको बताएको छ । स्थानीय चुनावका लागि गाउँ गाउँमा सरगर्मी बढ्दै गएको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६