प्रदेश

सरकार नढले देश बरबादीतिर धकेलिन्छः अध्यक्ष ओली



काठमाण्डौ, २३ चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने दाबी गर्नुभएको छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने बताउनुभएको हो । उहाँले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश सङ्कटमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खल्तीमा कसैको पैसा हुँदैन, बैंक त्यसै कारण खोलेका हुन् । कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । अहिले नयाँ लगानीका लागि कुनै सम्भावना छैन किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बरबादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने कटाक्ष पनि गर्नुभयो । उहाँले सरकार ढाल्न आफूहरूले कोसिस नगर्ने स्पष्ट पार्नुभयो । एमालेले सरकारमा नभइ चुनावमा ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको यो गठबन्धन सरकार कुहिएर झर्ने बेलातिर जाँदैछ । यो झर्छ । यो सरकार ढाल्न हामी कोसिसै गर्दैनौँ । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

अध्यक्ष ओलीले स्थानीय तह चुनावसम्म गतिका साथ पार्टीका काममा खट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६