प्रदेश

मन्त्री दीपक मनाङेले कार्यकक्षमै कर्मचारीलाई कुटपिट गरे



पोखरा, २३ चैत्र। गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको हो । फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

आफू हिजोदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेको र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएको भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेको सचिव अधिकारीले बताए ।
ओझले मन्त्री मनाङेले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएको सचिव अधिकारीले जानकारी दिए ।

‘उहाँले घटनाबारे जानकारी गराएर बिदा बस्छु भन्नुभयो, मैले पोखरा फर्केपछि छलफल गरौंला भनें’, सचिव अधिकारीले भने, ‘मन्त्रीज्यूले फोन नै उठाउनु भएन ।’ मन्त्री मनाङेलाई सम्पर्क गर्दा सुरक्षा गार्डले फोन उठाएर मन्त्री एउटा व्रतवन्धमा रहेको र पछि जानकारी गराउने बताए ।

कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएको जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढेको मनाङेको सचिवालयका एक कर्मचारीले बताए ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६