प्रदेश

पत्रकार ऋषि धमलाले उडान सुरक्षा विपरीतका क्रियाकलाप गरेको भन्दै वायु सेवा सञ्चालक सङ्घको आपत्ति



काठमाण्डौ, २३ चैत्र । वायु सेवा सञ्चालक सङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जहाजमा पत्रकार ऋषि धमलाले उडान सुरक्षामा नै असर पुग्ने क्रियाकलाप गरेको भन्दै आपत्ति जनाएको छ ।

भीभीआईपी सवार उडानमा असभ्य र उडान सुरक्षामा गम्भीर असर पर्ने असंवेदनशील व्यवहार देखाएको भन्दै सङ्घले आपत्ति जनाएको हो । धमलाको नाम उल्लेख नगरि सङ्घले भनेको छ, ‘उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लङ्घन गर्दै निषेधित कक्षमा क्यामेरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको सङ्घको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

यस्ता हर्कतले उडानको साथै भीभीआईपी प्रोटोकलको समेत उल्लङ्घन भएको भन्दै सङ्घले अवाञ्छित कार्य नगर्नरनगराउन आग्रह पनि गरेको छ ।

यसअघि प्रेस काउन्सिल नेपालले जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई हिजो स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६