प्रदेश

आज विश्व स्वास्थ्य दिवसः हरित अभियानमा आवश्यक योगदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान



काठमाण्डौ, २४ चैत्र । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ मनाइँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले स्वच्छ र हरित वातावरणको प्रवर्द्धनमा आवश्यक योगदान गर्न आह्वान समेत गरेको छ । नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप–बाढी, खडेरी, अत्यधिक गर्मी तथा असुरक्षित पानीको प्रयोगले विभिन्न रोगको जोखिम बढेको छ।

नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजारभन्दा धेरैको अकालमै ज्यान जाने गरेको मन्त्रालयको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणले हुनेगर्छ।

विश्वमा १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलव ६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । हरेक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखालाबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चित गर्न तथा आवश्यक सेवामा लगानी बढाउन आवश्यक रहेको बताएको छ । मन्त्रालयले सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलन (कोप–२६)मा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६