अर्थ-वाणिज्य

७ अर्ब ३३ करोड नेपाल टेलिकमको खुद नाफा, २० प्रतिशत बोनस शेयर दिइने




काठमाण्डौ, २४ चैत्र । नेपाल टेलिकमले सात अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आज बिहीवार काठमाण्डौमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले कम्पनीले सात अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनुभएको हो ।

उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट पाँच अर्ब ८० करोड, वायरलेस सेवाबाट तीन अर्ब ३३ करोड, अन्य विभिन्न कार्यक्रमबाट गरी कुल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड–१९ का कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

टेलिकमले शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर उपलब्ध पनि गराउने भएको छ । शेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताउनुभयो । अनलाइन पेमेन्ट गर्ने सरकारको कार्यक्रमअनुसारको तयारीको कामलाई पनि जोड दिइएको टेलिकमले जनाएको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६