प्रदेश

सरकारी मेडिकल कलेज खाेल्ने प्रस्ताव ‘क्याबिनेट’ मा पुगेकाे छ : मन्त्री पाैडेल



काठमाण्डौ, २४ चैत्र । सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेट (मन्त्रिपरिषद्) मा पेस गरिएको जानकारी दिनुभएको हो । उहाँले खरबौँ रुपैयाँ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज बिहीवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भन्नुभयो, ‘हाम्रोमा ११ वटा विश्वविद्यालय छन् तर नचल्ने, विद्यार्थीले नखोज्ने विषय पढाएर के काम रु जबकि सात हजार विद्यार्थी एमबीबीएस, एमडी बङ्ग्लादेश जान्छन् । एक वर्षको रकमको हिसाब गर्दा झन्डै एक खर्ब ९७ अर्ब रुपैयाँ रकम जापान, अस्ट्रेलिया, बङ्ग्लादेश, चीन, भारत पढ्न गएका विद्यार्थीबाट खर्च भएको पायौँ । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिइ डाक्टर हुन पाउने । हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौँ । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ, उनीहरूलाई विस्थापित गर्ने भनेको होइन ।’

मन्त्री पौडेले सीटीईभीटीलाई पनि सबै पालिकामा पुर्‍याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताउनुभयो । उहाँले सरकारले शिक्षालाई रोजगारमूलक बनाउने गरी विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको नीतिलाई परिमार्जन गर्ने कामलाई अघि बढाएको पनि जानकारी दिनुभयो ।(साभार)

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६