अर्थ-वाणिज्य

पेट्रोलियमको मूल्यवृद्धि र महंगी विरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन



कपिलवस्तु२५ चैत्र । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महंगी विरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले बाणगंगाको चारनम्बर चोकमा विरोध प्रदर्शन गरेको हो । बाणगंगाका विभिन्न गाउँबाट विरोध प्रदर्शन गर्दै सुरु भएको उक्त कार्यक्रम चारनम्बर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्ने नेताहरुले शेर बहादुर देउवा नेतृत्वको सरकारले एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा त्यसको प्रत्यक्ष मारमा जनताहरु परेको बताएका छन् ।

नेपाल आयल निगमले सधै निगमलाई घाटा भईरहेको तथ्याङ्क मात्र बाहिर ल्याउने गरेको नेताहरुको आरोप छ । रुस–युक्रेन युद्धको बाहानामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेताहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन सरकार समक्ष माग गरेका छन् । सोही कोण सभालाई सम्बोधन गर्दै नागरिक समाज कपिलस्तुका कोषाध्यक्ष अर्जन पोख्रेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महंगी विरुद्धको विरोध कार्यक्रममा नागरिक समाजको पनि समर्थन रहेको बताउनुभयो ।राज्यले नागरिक प्रतिको दायित्व पुरा गर्न नसकेको उहाँको भनाई छ । उहाँले सबैले आआफ्नो स्तरबाट सरकारलाई खबरदारी गर्न जरुरी रहेको आवश्यकता औल्याउनुभयो । सोही कार्यक्रममा प्रदर्शनकारीहरुले एमसीसीको समेत चर्को विरोध गरेका छन् ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६