अर्थ-वाणिज्य

भूमिहीनलाई अस्थायी नाप नक्साको निस्सा वितरण कार्य सुरु



कपिलवस्तु : जिल्लाको बुद्धभूमि नगरपालिकाले भूमिहीनलाई नाप नक्साको अस्थायी निस्सा वितरण कार्य सुरु गरेको छ । वडा नं. १ को पत्थरकोटबाट १२ जना दलित भूमिहीनलाई वितरण गरि उक्त कार्य सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख केशवराज श्रेष्ठले लामो समय देखी जग्गा प्राप्त गर्न नसकेका हरूको लागि नगरपालिकाको प्रयास र राष्ट्रिय भूमि आयोगको समन्वयमा नाप नक्सा प्रमाणपत्र वितरण कार्य शुरु भएको बताए ।

त्यस्तै ५० जना भूमिहीन सुकुम्वासीलाई समेत अस्थायी निस्सा वितरण गरिएको छ । बर्षौदेखि जग्गा नभएका तर बसोबास गरिरहेका स्थानीयले जग्गाको स्वामित्व पाउने आश पलाएको छ ।

वितरण समारोहमा बुद्धभूमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ ,वडा नं १ अध्यक्ष तेज बहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६