प्रदेश

स्थानीय चुनावः लुम्बिनीमा ५ दलीय गठबन्धनलाई बलियो बनाउने निर्णय (विज्ञप्ती सहित)



बुटवल, २५ चैत्र । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा बलियो बनाउने निर्णय भएको छ । गत बुधबार नेकपा एकीकृत समाजवादी विनाको बैठक र सार्वजनिक विज्ञप्तिलाई विपक्षीले गठबन्धनमा खटपट भनेर समाचार सार्वजनिक भएपछि बिहीबार साँझ पुनः पाँच दलको बैठक बसेर निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको हो ।गठबन्धनमा कुनै खटपट नरहेको र बुधबारको बैठकमा प्राविधिक कारणले मात्र नेकपा एकीकृत समाजवादी छुटेको नेपाली काँग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले बताए ।

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले पनि ‘कम्युनिकेसन ग्याप’ हुँदा आफूहरु बुधबारको बैठकमा छुटेकाले बिहीबार साँझ पुनः बैठक बसेर तालमेल गरेर जाने निर्णय गरेको बताए ।

बैठकमा पाँच वटै दलका नेताहरुले स्थनीय तहको निर्वाचनको लागि सबै जिल्लाको आ–आफ्नो दलको मतको धरातलीय अवस्था चैत २६ सम्म तयार गरी गठबन्धनको संयन्त्रमा ल्याउने र २७ गते अर्को बैठक बस्ने निर्णय भएको छ । चैत २७ गते बस्ने बैठकले प्रदेशस्तरीय चुनावी कार्ययोजना पारित गर्ने नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए ।

प्रदेशका १०९ स्थानीय तहमै मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाडफाँट गरी गठबन्धनलाई व्यवहारिकरुपमा मजबुद र बलियो बनाउने सहमति भएको नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष चौधरीले बताए । यसअघि बुधबारको बैठकले पाँच दलले संयुक्त आमसभा गर्ने लगायतका निर्णय गरेका थिए । माओवादी केन्द्रका लुम्बिनी इञ्चार्ज चक्रपाणि खनाल, मुख्यमन्त्री कुल प्रसाद केसी सहितको बैठकमा नेपाली कांग्रेस कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणी चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी उपाध्यक्ष बद्रे आलम सहभागी थिए ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६