प्रदेश

छ वर्षमा २० प्रतिशत स्वास्थ्य बीमामा आवद्ध



काठमाडौं, २५ चैत्र । जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा छ वर्षमा २०.३ प्रतिशत आवद्ध भएका छन् । बीमा कार्यक्रम सुरुभएदेखि हासम्म २०.३ प्रतिशत अर्थात् ५३ लखा चार हजार २७० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको जनाएको हो ।
सरकार यो आर्थिक वर्षभित्र ५० प्रतिशत जनसङ्ख्यालाई बीमा कार्यक्रममा समेट्ने लक्ष्य लिएको थियो । तर, गत असारमा कोरोनाभाइरसको सङ्क्रमणले बीमा कार्यक्रम प्रभावित भएपछि सो लक्ष्य पूरा हुन नसकेको बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाको दाबी छ ।
बीमा नवीकरण गर्ने दर ७० प्रतिशत रहेको बोर्डको तथ्याङ्क रहेको छ । ‘बोर्डको आफ्नै कर्मचारीको स्थायी दरबन्दी छैन त्यसले गर्दा सर्वसाधारणलाई बीमाको विषयमा अझै बुझाउन नसक्दा नवीकरण गर्ने बिमितको सङ्ख्यामा कमी आएको छ ।’ कार्यकारी निर्देशक बर्सौलाले भन्नुभयो ।
बर्सौलाका अनुसार २७.७९ प्रतिशत अर्थात् १५ लाख आठ हजार ५१४ बीमित परिवारवार पुगेका छन् । ३९.३९ प्रतिशत अर्थात् २० लाख ८९ हजार ५९९ जना बिमितले सेवा लिने गरेका छन् । अतिगरिब परिवारको बीमित सदस्य चार लाख ८८ हजार चार, ज्येष्ठ नागरिक परिवारको बिमित सदस्य छ लाख ३४ हजार ७३५ जना रहेका छन् ।
एचआईभी सङ्क्रमित परिवारको बिमित सदस्य सङ्ख्या २५ हजार २८९ अति अशक्त अपाङ्गता भएका परिवारको बिमित सदस्य सङ्ख्या ९३ हजार ६२९, कुष्ठरोग सङ्क्रमितको परिवारको बिमित सदस्य सङ्ख्या २८ सय ४९ जना रहेका छन् ।
यसैगरी, एमडीआर क्षयरोगी परिवारको बिमित सदस्य सङ्ख्या २४ सय ७४ र महिला स्वास्थ्य स्वयंसेविको परिवारको बिमित सदस्य सङ्ख्या ८३ हजार ६२६ जना पुगेका छन् ।
२०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरु भएको बीमा कार्यक्रम हाल ७७ जिल्लाका ७४५ स्थानीय तहसम्म विस्तार भएको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाहरु सरकारी र निजी गरी ४४१ वटा पुगेका छन् ।
पछिल्लो सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक संस्थामा व्यवस्थापन गर्न थप चुनौती थपिएको र त्यसलाई समाधान गर्ने प्रयास आफूहरुले गरिरहेको बर्सौलाले जानकारी दिनुभयो ।
बर्सौलाका अनुसार चालु आर्थिक २०७८/0७९ वर्ष भित्रमा सबै स्थानीय तहमा बीमा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ ।
बोर्डले शुक्रबार ‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने नाराका साथ छैठौँ वार्षिकोत्सव मनाउँदै छ । उक्त दिन स्वास्थ्य बीमा बोर्डबाट अनलाइन नवीकरण र एचआइभी प्रोफाइल एपको सुरुवात गर्ने भएको छ ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६