प्रदेश

अर्घाखाँचीमा बस दुर्घट्ना, २६ जना घाईते ३ को अवस्था गम्भिर




अर्घाखाँची, २५ चैत्र ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलायडाँडामा तीर्थयात्री सवार बस दुर्घट्ना भएको छ । पोखरा ३१,वेगनासताल स्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागि बुटवल, प्युठान हुँदै अर्घाखाँची गएको ग २ ख ६८० नम्बरको बस भलायडाँडामा ओरालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको हो।

पोखराबाट चैत २३ गते गण्डकी प्रदेश कास्की जिल्ला वेगनासबाट भ्रमणको लागि स्थानीय यात्रु बोकेर हिडेको बसमा २६ जना सवार मध्ये तीन जनाको सामान्य फ्याक्चर बाहेक अरुको अवस्था सामान्य रहेको छ ।

घटना भएको थाहा पाएलगत्तै जिल्ला प्रहरी र स्थानीयको सक्रियतामा घाइतेहरुको उद्दार गरिएको थियो । घाइतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुँदैछ । ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना हुने अवस्था आएपछि चालकको साबधानीले बस सडकको माथिल्लो साइडमा ठोक्किएर अडिएको छ ।
बिरामीहरुको अबस्था बुझ्न् प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे ,प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल, माओबादी केन्दका नेता तथा सन्धिखर्क नगरउपप्रमुख ठाकुर कुमार बिक माओबादी केन्दका जिल्ला संयोजक राजेन्द्र भुसाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल प्रदेश सदस्य प्रेम आचार्य जिल्ला कोषाअध्यक्ष रुद्रमणि भुसाल लगायतको टोलि अर्घाखाँची अस्पताल पुगि बिरामीहरुको स्वास्थ अवस्था बारे जानकारी लिदै बिरामीहरुको स्वास्थ उपचारमा केहि कमि हुन नदिने प्रतिबद्धता जनाएका छन् । उपचारपछि सबै यात्रुहरुलाई अर्को बसमा पोखरा पठाईने बताइएको छ ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६