प्रदेश

‘सिँचाइका आयोजना पहाडी र हिमाली भेगमा पनि बनाउनुपर्छ’



काठमाण्डौ, २५ चैत्र । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू देशको पहाडी र हिमाली भागमा केन्द्रित गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाहरू तराई केन्द्रित भएको उल्लेख गर्दै उहाँले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले त्यो भेगमा सिँचाइ सुविधा पुर्‍याउने गरी आउँदा दिनमा नीति बनाउनुपर्ने बताउनुभएको हो

मन्त्री भुसालले भन्नुभयो, ‘हाम्रा सबै राष्ट्रिय गौरवलगायतका आयोजनाहरू तराई केन्द्रित छन् । अब हामीले सिँचाइको आयोजना बनाउँदा पहाड र हिमालमा पनि पुर्‍याऔँ । त्यसले रोजगार पनि त्यहीँ सृष्टि गर्छ । खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ र अव्यवस्थित बसोबासलाई पनि रोक्न सक्छ ।’

मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भए पनि आर्थिक सङ्कट भने नरहेको बताउनुभयो । उहाँले श्रीलङ्काको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताउनुभयो । उहाँले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरूको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘अहिले देशमा आर्थिक तरलताको स्थिति कतै सङ्कट हो कि, कतै श्रीलङ्का हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छ । हिजो पनि हामीले क्याबिनेटमा छलफल गरेको थियौँ । मान्छेले चर्चा गरेजस्तो छैन ।’ उहाँले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६