प्रदेश

सही एजेण्डाको कारण एमालेलाई जनताको दरिलो साथः घिमिरे




कुलराज भुसाल, २६ चैत्र ।
नेकपा (एमाले) पोलिट व्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले आसन्न निर्वाचनमा नेकपा (एमाले) लाई जनताको दरिलो साथ रहने बताउनु भएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटीको कार्यालय उद्घाटन समारोहलाई जीतपुरमा सम्बोधन गर्दै घिमिरेले एमालेसंग सही एजेण्डा भएको कारण जनताको भरपुर साथ रहने विस्वास व्यक्त गर्नुभयोे । एमालेसंग देश विकासको एजेण्डा एवं ‘सुखी नेपाली, समृद्ध नोपाल’को सङ्कल्प रहकोले देशव्यापी एमालेमा जनलहर सिर्जना भएको उहाँको दावी छ ।
घिमिरेले अहिलेको लडाई एजेण्डा सहितको एमाले र एजेण्डा विहीन सत्ताधारी गठबन्धनका बीच हुने जिकीर गर्नुभयो । उहाँले स्वार्थ समूहको रुपमा उदाएको गठबन्धनको हार निश्चित भएका दावी समेत गर्नुभयो । मिलिजुली सरकारमा बस्ने र बाँडीचुडी खाने मात्र मानसिकता बोकेका गठबन्धनकारी दलहरुलाई जनताले राम्ररी बुझिसकेका उनिहरुको पराजय हुने घिमिरेले बताउनुभयो । देश र जनताको लागि सोच्ने एकमात्र पार्टी एमाले नै रहेकाले जनताको आसा, भरोसा र विस्वास एमाले प्रति बढिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले एमालेमा भएको प्रवेशको लहरले सत्ताधारी दल अत्तालिएको दावी गर्नुभयो । सबै दल मिल्दा पनि एमालेलाई जित्न नसकिने देखिए पछि स्थानीय चुनाव नै सार्ने षडयन्त्रमा सरकार लागेको दावी समेते उहाँले गर्नुभयो ।
देश र जनताको लागि नभइ आफ्नो व्यक्तिगत र दलगत स्वार्थको लागि मात्र काम गर्ने गठबन्धनकारी दलको भुमिका प्रति नेपाली जनता प्रष्ट भएको अधिकारीले बताउनु भयो । सत्ताधारी दल स्वार्थको दलदलमा फस्दै गएको समेत उहाँले बताउनुभयो ।
एमाले सरकारमा रहुदा गरेको काम र जगाएको आसा एवं भरोसाको कारण प्रतिपक्षी भूमिकामा रहेको अवस्थामा पनि एमाले प्रति जनताको आकर्षण बढिरहेको उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष डम्मर शर्माले सत्ताधारी गठबन्धनका नेताहरु चुनावमा मिलेर आए पनि आम जनताले गठबन्धनका उम्मेद्वारलाई स्वीकार नगर्ने दावी गर्नुभयो । गठबन्धनका उम्मेदवारहरुको कुनै खास एजेण्डा र घोषणापत्र समेत नहुने भएकाले जनताले त्यस्ता उम्मेद्वारलाई विस्वास नै नगर्ने शर्माको तर्क थियो । शर्माले एमालेको शक्तिसंग डराएर फरक लक्ष्य र उद्देश्य भएका दलहरु एउटै ठाँउमा उभिएको जिकीर गर्नुभयो । उहाँले विगतका निर्वाचनमा पनि यस्तै गठबन्धन गरेर आएका दलहरुलाई जनताले नपत्याएको तथ्य पेश गर्दै आगामी निर्वाचनमा पनि यस्ता दलहरुको पराजय निश्चित भएको दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का प्रदेश, जिल्ला र नगर स्तरीय नेता तथा कार्यकर्ताका बाक्लो उपस्थिती रहेको थियो ।
नगर अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव विष्णु गिरी र स्वागत उपाध्यक्ष मुक्त बहादुर कार्कीले गर्नुभएको थियो ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६