कपिलवस्तु, २६ चैत्र ।
प्रेस सेन्टर नेपाल कपिलवस्तुको वैठक चन्द्रौटामा बसेको छ । वैठकले आगामी स्थानिय तहको निर्वाचनलाई केन्द्रित गरेर एक पालिका एक पत्रकारलाई जिम्मा प्रदान गरेको छ । जसमा कपिलवस्तुका १० वटै पालिकालाई लक्षित गरेर एक एक जना पत्रकाले त्यहाको पार्टी सँग सहकार्य गरेर काम गर्ने अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो ।
जिल्लाको वाणंगंगा नगरपालिकामा पिताम्बर घिमिरे (हरि) ,मायादेवि गाउँपालिकामा भुपाल थापा,शुद्धोधन गाउँपालिकामा राजेन्द्र खनाल,यशोधरा गाउँपालिकामा अजय शाहनी,कपिलवस्तु नगरपालिकामा विक्रम विक र रचना खासु मगरलाई जिम्मा दिइएको छ । त्यस्तै महाजगंज नगरपालिकामा माधव बेल्वासे,बुद्धभुमि नगरपालिकामा कल्याणी खनेल,शिवराज नगरपालिकामा सुर्य गुरुङ,बिजयनगर गाउँपालिकमा प्रभात न्यौपाने र बलवन्द गुप्ता र कृष्णनगर नगरपालिकामा अनेक पाण्डे र सहबाज खानलाइ जिम्मेवारी तोकिएको छ ।
आगामी निर्वाचनमा पार्टीलाई जिताउन प्रचार प्रसारमा कुनै कसर वाकि नराख्न केन्द्रिय सदस्य डिलाराम भुसालले आग्रह गर्नुभयो । पार्टी सँग सहकार्य गरि निर्वाचन केन्द्रित कार्यक्रम तथा एजेण्डालाई जनतामाझ लैजानुपर्ने बताउनुभयो । त्यस्तै वैठकले निर्वाचनमा गठबन्धन संगठनका नेतृत्व सँग छलफल गर्ने निर्णय गरेको छ । वैठकले रिक्त रहेको सदस्य पदमा तीन जनालाई मनोनित समेत गरेको छ ।
२६ चैत्र २०७८, शनिबार
प्रतिक्रिया