प्रदेश

अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेः उपाध्यक्ष पौडेल




काठमाडौं, २७ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाए । ‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो

राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो’ उनले भने । सरकारले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकता अनुसार परिमार्जन गर्न पनि रोक लगाएको पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले बताए । सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनको दावी छ । मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६