अर्थ-वाणिज्य

उद्योग वाणिज्य महासंघको ५६औं साधारण सभा आज हुँदै



काठमाडौं, २८ चैत्र । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६औं वार्षिक साधारण सभा हुँदैछ । साथै उद्योग वाणिज्य दिवस २०७८ आज (सोमबार) मनाईदै छ ।

निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भाग लिन मुलुक भरबाट करिब १ हजार ५ सय उद्यमी व्यवसायीहरु राजधानी आइसकेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्ने तय भएको कार्यक्रममा अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता ,उद्यमी व्यवसायीहरुबीच वृहत् छलफल हुनेछ ।

त्यस्तै, विशेष सत्रमा तरलता अभाव एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा पनि छलफल हुने छ ।

विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर वाणिज्य संघ १ सय १८ वटा, वस्तुुगत संघहरु १ सय २३ वटा, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २० वटा र एसोसिएट सदस्य १७ सय ४८ वटा रहेका छन् ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६