प्रदेश

प्रि–मनसुनमा चट्याङ्गको जोखिम धेरै, सावधानी अपनाउन आग्रह




काठमाण्डौ, २९ चैत्र । प्रि–मनसुनमा चट्याङ्गका घटना धेरै हुने गरेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा चट्याङ्ग लागेर दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

मकवानपुरको राक्सीराङ गाउँपालिकाका वडा १ र झापाको गौरादह नगरपालिका वडा ५ मा गरी दुई जना महिलाको ज्यान गएको हो । त्यस्तै राक्सीराङमा दुई जना, तनहुँको म्याग्दे गाउँपालिका १ मा दुई जना र शुक्लागण्डकी नगरपालिका ५ मा एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बितेको एक वर्षमा देशका विभिन्न ठाउँमा चट्याङ्गका दुई सयभन्दा धेरै घटना भएका छन् । ती घटनामा ५६ जनाको ज्यान गएको छ । एक सय ७५ जना घाइते भएका विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमिनमा खस्नुलाई चट्याङ्ग भनिन्छ । चट्याङ्गको पूर्वानुमान गर्न नसकिने भएकाले क्षति धेरै हुने गरेको प्राधिकरणका प्रवक्ता डा। डिजेन भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रि–मनसुन अर्थात जमिन तात्ने बेला चैत–वैशाख–जेठमा चट्याङ्गको जोखिम धेरै हुन्छ । यसबाट बच्न पूर्वतयारी नै महत्त्वपूर्ण रहेको र गड्याङगुडुङ भएका बेला घरभित्र सुरक्षित बस्न उहाँको आग्रह छ ।

मेघ गर्जनका बेला अग्लो ठाउँ, रुख वा टावरको नजिक नबस्न, विद्युतीय सामग्री प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन पनि उहाँको सुझाव छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६