जीवनशैली

बाणगंगा ८ को अध्यक्षमा युवा समाजसेवी पाण्डेले गरे उम्मेद्वारी दिने घोषणा



कपिलवस्तु २९ चैत : जिल्लाको बाणगंगा नगरपालिका वडा नं.८ को अध्यक्षमा युवा समाजसेवी टिआर पाण्डेले उम्मेद्वारी दिने घोषणा गरेका छन् । २६ बर्षीय पाण्डेले वडाको विकास एवम् समृद्धिमा युवाको नेतृत्व आवश्यक रहेको भन्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । बाणगंगा बहुमुखी क्याम्पसबाट नेविसंघमा आवद्ध भई राजनिति सुरु गरेका पाण्डे पछिल्लो समय युवा समाजसेवीको रुपमा स्थापित छन् । वडा नं.८ नेकपा एमालेको एक गणको रुपमा रहदैं आएको छ । गत स्थानीय तहको निर्वाचनमा एमाले ५ सय १५ मतको अन्तरमा विजयी भएको थियो । अहिले पनि एमाले करिब ७÷८ सय मतले अघि रहेको बताउँदै उनले यो समयमा एमालेलाई पराजित गर्न आफ्नो सम्पूर्ण तागत लगाउने जिकीर गरे ।

वडामा अहिले करिब एक हजार ४ सय नयाँ मतदाता रहेको बताउँदै उम्मेद्वार पाण्डेले उनीहरुको आफुलाई साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे । आफ्नो जन्मदिनमा पनि उनले विभिन्न किसिमका सामाजिक कार्य गर्दै गरिब, दुखि, सुकुम्वासीको साहारा बन्दै आएका छन् । वडामा रहेका सम्पूर्ण क्लवहरुलाई लाखौंको खेलकुद सामग्री वितरण गर्नेदेखि युवालाई अघि बढ्न आर्थिक सहयोग गर्ने सम्मका कार्यमा उनी अग्रसर देखिन्छन् । विधार्थीहरुलाई भाग्य बोक्ने झोला वितरणदेखि कोरोना महामारीको समयमा खाद्यान्न वितरणमा उनीले महत्वूर्ण काम गर्दै आएका छन् । जाडोको समयमा पनि गरिब तथा विपन्न परिवारलाई उनले सिरक, डसना जस्ता न्यानो कपडा वितरण गर्दैै उनीहरुको दुखेको घाउमा मलम लगाउँदै आएका छन् ।

उनले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । ‘युवाको काँधमा वडाको जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने उनले प्रतिवद्धता जनाएका छन् । युवाका माँझमा लोकप्रिय रहेका उनी सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष देखिन्छन् । वडाको नेतृत्व आफुले पाए वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, संचार हरेक क्षेत्रमा अगाडि बढाउने उनको दाबी छ ।

उनले सबैलाई आफुलाई विश्वास गरेर एक पटक वडाको नेतृत्व गर्ने अवसर दिन सबै वडावासीलाई आह्वान समेत गरे ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६