जीवनशैली

अझै पाएनन् कोरोना प्रभावित विपन्न परिवारले सरकारबाट निकासा भएको राहत



पर्वत – पर्वतमा झण्डै २ हजार २ सय कोरोना प्रभावित विपन्न परिवारले सरकारले निकासा गरेको राहत रकम पाउन सकेका छैनन् । कोरोना प्रभावित विपन्न परिवारका लागि झण्डै तीन महिना अघि सरकारले रकम निकासा गरेको थियो ।

कोरोना महामारीले प्रभावित पर्वतका २ हजार १ सय ७८ परिवारका लागि २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो । पर्वतका ७ पालिकामध्ये पैञ्यु गाउँपालिकाले लाभग्राही पहिचान गरी वितरण गरेपनि अरु पालिकाले वितरण गर्न सकेका छैनन् । पैञ्यु गाउँपालिकाले १ सय ९४ प्रभावित परिवारमध्ये १ सय ८० परिवारलाई वितरण गरिसकेको छ । अरु परिवार सम्पर्कमा आउने क्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो ।

पर्वतमा कुश्मा नगरपालिकामा ५ सय २८, फलेवास नगरपालिकामा ३३ सय ८४, जलजला गाउँपालिकामा ४ सय ४६, विहादी गाउँपालिकामा १ सय ६९, महाशिला गाउँपालिकामा १ सय ४६, मोदी गाउँपालिकामा ३ सय ११ र पैञ्यु गाउँपालिकामा १ सय ९४ जना प्रभावित परिवारको पहिचान गरी सोही अनुसार २ हजार १ सय ७८ परिवारको प्रतिपरिवार १० हजारको दरले २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयले गएको पुसको अन्तिम हप्ता नै सबै पालिकामा रकम पठाएको थियो । खातामा रकम गएको तीन महिना बितिसक्दा पनि यसको वितरण हुन सकेको छैन । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले रकम वितरणका लागि दाबी विरोधको समय दिइएको र केही दिनभित्र वितरण गर्ने तयारी गरिएको बताउनुभयो ।

यस्तै महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले अनुदान रकमको विषयमा सुरुमा खासै जानकारी नपाएको र अहिले लाभग्राही पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६