प्रदेश

साझा यातायातले नेपाल भित्रायो ३ वटा बिजुली बस




काठमाण्डौ, ३० चैत्र । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा बिजुली बस नेपाल आइपुगेको छ । ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर केही दिनमा काठमाण्डौ ल्याइने साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

चीनको उकालो सडकमा बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ अर्थात् उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको हो । पहिलो चरणमा साझाले तीन वटा मात्र बिजुली बस ल्याएको हो । चीनको नानजिंगको सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा ती बस तयार भएका हुन् ।

ती बस काठमाण्डौ आइपुगेपछि उपत्यकाका सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने उहाँले बताउनुभयो । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो । साझाले ४० वटा बसमा झन्डै ६१ करोड रुपैयाँ खर्चिंदै छ । बाँकी ३७ वटा बस साउनसम्म ल्याइसक्ने कार्यकारी निर्देशक पाण्डेको भनाइ छ ।

तस्बिरः रासस

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६