प्रदेश

माओवादी नफुटेको भए एमालेसँगको एकतामा हामी ६० प्रतिशत हुन्थ्यौंः प्रचण्ड



काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग एकता गर्दा माओवादी नफुटेको भए माओवादीको ६० प्रतिशत हुने थियो भन्ने धारणा राखेका छन् ।

आज (बिहीबार) पार्टीले माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,”हामी ६० प्रतिशत हुन्थ्यौं र एमाले ४० प्रतिशत हुन्थ्यो भने सायद पार्टी फुट्दैन थियो । हामी साँच्चै त्यो पार्टीलाई समाजवादतर्फ लिएर जान्थ्यौं । एमालेका सबै खराब छन् भनेर पनि सोच्न हुँदैन् । एमालेभित्र हामीले अढाई वर्ष पसेर हेर्यौं नि, को को सच्चा रहेछन् भनेर ? ८० प्रतिशतभन्दा बढि त ईमानदार कम्युनिष्ट छन् । तर, लिडरसिप भनेको कि भन्छौं नि, नेतृत्वले यति धेरै भ्रम दिएर राखेको छ । उनीहरुले नेतृत्वको बन्दी भएका छन् । हामीले तिनलाइ पनि मुक्त गर्नुछ, हामीले तिनको पनि नेतृत्व गर्नुपर्छ । मैले कार्यकारी अध्यक्षको नेतृत्व गर्दा बैठकपछि धेरै नेताहरुले अब नेता भेटियो भन्नुभयो, त्यो भावनाको साथीहरु मैले सबे हेरें, माओवादी एकता र आन्दोलन भनेको सबैलाई ध्रुवीकरण गर्नुपर्छ । आम जनतालाई पनि एकताबद्ध गर्नुपर्छ ।”

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६