लुम्बिनी १ बैशाख : कोरोना संक्रमण मथ्थर भएसँगै नयाँ वर्षका दिन बुद्धस्थल लुम्बिनीमा सर्वसाधारणको घुइँचो लागेको छ । यहाँ बिहानदेखि घुम्न आउनेको भीड थियो । मुख्य प्रवेश द्वार ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ७ सय मिटरमा सर्वसाधारणको भीड रहेको थियो ।
उता अखण्ड शान्ति द्विपदेखि मन्दिर पुग्ने ५ सय मिटर बाटो पनि खुट्टा राख्ने ठाउँ थिएन । दिउँसोसम्म ७ हजार बढीले मायादेवी मन्दिर अवलोकन गरिसकेको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनीका मायादेवी मन्दिरसाथै थेरबादी क्षेत्रमा रहेका कम्बोडिया, थाई र म्यानमार मन्दिरमा उत्तिकै चहलपहल थियो । भीड खचाखच थियो । त्यस्तै पश्चिमी क्षेत्रको महायानी सम्प्रदायका द ग्रेट लोटस स्तुप, लिनसन, सिंगापुर, अस्ट्रेलिया, क्यानाडा र चाइनाका विहार र मन्दिर पनि उस्तै भीड थियो ।
प्रतिक्रिया