प्रदेश

एमालेको उम्मेद्‍वार छान्न पोखरा महानगरपालिकामा आज मतदान हुने



पोखरा, ०२ वैशाख । कास्कीको पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि सिफारिस गर्ने उम्मेदवार छान्न नेकपा एमालेले आज मतदान गर्दै छ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान गर्न लागेको हो ।

अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । नगर कमिटीले मंगलबार डाकेको बैठकमा ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए ।
मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीका साथै प्रा।डा। विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।

मेयरको उम्मेदवार हुन आवेदन दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पक्षका नेताहरु हुन् । मीना गुरुङ, पृथ्वीसुब्बाकी सम्धिनीसमेत हुन् । यो समूहलाई सचिव पद्मा अर्यालको समेत साथ छ ।

यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी भने स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । सावित्री जिल्ला समन्वय समिति उपाध्यक्ष पनि हुन् । त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदमा आकांक्षा राख्दै निवेदन दिएका छन् ।

कास्कीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच प्रतिष्ठाको लडाइँ छ । गुरुङ र अधिकारी पक्षले जिल्ला अधिवेशनमा छुट्टा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । जिल्ला अध्यक्षमा पृथ्वीसुब्बा पक्षका मनबहादुर गुरुङ विजयी भएका थिए ।देशका ६ वटा महानगरपालिकामध्ये पोखरामा एमालेको अवस्था राम्रो मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दा पनि एमालेले जितेको थियो ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६