प्रदेश

नागढुंगा–नौबिसे सुरुङमार्गमा तोडफोड,पाँच दिनदेखि काम ठप्प



काठमाडौं, ०२ वैशाख । नागढुंगा–नौबिसे सुरुङमार्गमा स्थानीय बासिन्दाले आयोजनामा तोडफोड गरेका छन्। विभिन्न माग राखी गत सोमबारबाट नै स्थानीयले तोडफोड गरेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना आयोजनाका प्रमुख नरेशकुमार शाक्यले जानकारी दिए।

शाक्यका अनुसार हालसम्म पनि काम सुचारु भएको छैन। ‘स्थानीयसँग सहमतिमा जाने छलफल गरिरहेका छौँ, सहमति भएपछि काम थाल्छौँ’, उनले भने।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिकमा नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास गरेका थिए तर हालसम्म कामले तीव्रता पाएको छैन।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६