प्रदेश

युवाहरुले रुचाएका नेता पोख्रेललाई पार्टीले टिकट दिन के गर्ला ?



हरि घिमिरे, ३० चैत्र ।
वैशाख ३० मा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसका युवा नेता चन्द्रकान्त पोख्रेलले मेयरमा आकाँंक्षा राखेका छन् । नगरको विकासमा आफुले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दाबी गर्दै उनले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले मेयरमा आकाँंक्षा देखाएपछि बाणगंगाका थुप्रै युवाहरुले उनको सर्पोटमा सामजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । यसरि युवाले नेतृत्व लिन खोज्दा पोख्रेललाई पार्टीले टिकट दिन के गर्ला ? भन्ने प्रश्न छ । नेपाली काग्रेंस कपिलवस्तुले पुरानै पुस्ता अगाडि सार्नेहोकि भन्ने युवाहरुमा चिन्ता छ । यतिका युवाहरुको सर्मथन रहदा रहदौ पर्टीले टिकट नदिए युवामत कताजाला काग्रेंसलाई सोच्ने बेला आएको छ । २०६१ सालदेखि नेविसंघको विधार्थी राजनिति सुरु गरेका पोख्रेल हाल नेविसंघको क्षेत्रिय सभापति तथा नेपाली कांग्रेस कपिलवस्तुको आमन्त्रीत जिल्ला सदस्य हुन् । उनले जिल्लामै निरन्तर समाजसेविको कुशल नेतृत्व गदैं राजनितिमा सक्रिय छन् । बोलेर भन्दा काम गरेर देखाउने उनको मूलभूत विशेषता पनि हो । जनताका समस्यालाई नजिकबाट नियालेर अघि बढेका उनी सामाजिक कार्यमा समेत सक्रिय छन् । अग्रजलाई सम्मान गर्दै युवा पुस्ता नेतृत्वमा आउन पर्छ भन्ने मान्यतालाई आत्मासात गरेर आफुले नगरको मेयर पदका लागी उम्मेद्वारी दिने उनि बताउछन् । उनिमा युवाको जोस, जागर, सोच, विचार चिन्तन झल्किन्छ । बाणगंगामा थपिएका करिब १७ हजार नयाँ मतदाता युवा पुस्ता नै रहेको बताउँदै उनले उनीहरुको साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यस्ता छन् चन्द्रकान्त पोख्रेलका युवा समर्थकः

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६