कपिलवस्तु २ बैशाख : राप्रपाले जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम राप्रपा बुद्धभूमिको आयोजनामा सम्पन्न भएको हो । नेपाली कांग्रेसका क्रियाशिल सदस्य गणेश पाण्डे, विजय नगर गाउँपालिकाका लोकप्रिय नेता सुरज रोक्क, गणेश पुनसहित ६० जना राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उद्य र धार्मिक अभियन्ता अभिषेक जोशीले पार्टि प्रबेश गरेकालाई पार्टिको सदस्यता प्रदान गर्नूभएको राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझिले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उद्यले कपिलवस्तुमा राप्रपाको प्रभाव बढ्दै गएको दाबी गर्नुभयो ।
प्रतिक्रिया