अर्थ-वाणिज्य

अमृताको शंकास्पद मृत्यू प्रकरणमा प्रहरीद्वारा ३ पत्रकारमाथि दुरब्यवहार




रुपन्देही ३ बैशाख । समाचार संकलनको क्रममा रहेका ग्लोबल आवाजका समाचार संयोजक डी.बी. सुस्लिङसहित ३ पत्रकारलाई प्रहरीले दुरब्यवहार गरेको छ । रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीय बासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा ग्लोबल आवाजका समाचार संयोजक सुस्लिङसहित खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य र सम्पादक दिनेश श्रेष्ठमाथि दुर्व्यवहार भएको हो । पत्रकारहरुलाई इलाका प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले दुर्व्यवहार गरेका हुन् ।
अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्ध सम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले भने दुरभाग्यबस सो घटना घटना हुन पुगेको बताए । पत्रकारहरुको सूचना संकलन गर्न पाउनु अधिकार भएको बताउँदै प्रहरी प्रमुख केसीले उक्त घटनाले आफुलाई दुःखित बनाएको भन्दै माफि समेत माग्ने बताए । त्यसका लागि पत्रकारहरुलाई इलाकामा बोलाएको उनले बताए ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६