अर्थ-वाणिज्य

काठमाण्डौबाट ५५ जना सडक बालबालिकाको उद्धार



काठमाण्डाै ३ बैशाख – काठमाण्डौका विभिन्न ठाउँबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । विभिन्न निकायसँगको समन्वयमा काठमाण्डौका सडकपेटीबाट उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाण्डौ तथा प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामा सडकमा यात्रुसँग पैसा माग्दै हिँड्ने ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।     

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६