प्रदेश

अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने



काठमाण्डौ, ०३ वैशाख । अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा भोलि युवा सेफ्स प्रतियोगिता आयोजना गर्न लागेकोे हो ।

प्रतियोगितामा होटल व्यवस्थापनको अध्यापन हुने काठमाण्डौ उपत्यकाभित्रका ११ वटा कलेजका विद्यार्थीले भाग लिने फेडेरेशनका अध्यक्ष सेफ लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा हुने प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा बिबीसी मास्टर सेफ सन्तोष साह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ भण्डारीसहित सूर्यकिरण श्रेष्ठ र श्याम लामा रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साभार

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६