प्रदेश

रेशम चौधरीको पार्टीले कैलालीमा चुनाव लड्ने पक्का



कैलाली,०३ वैशाख। जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएर चुनामा सहभागी हुने बताएको छ ।

स्थानीय तहको चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जिल्लाका सबै स्थानीय तहमा पार्टी समिति विस्तार भइसकेकाले ३० वैशाखमा हुने चुनावमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए ।

‘हामीले कैलालीका सबै स्थानीय तहमा पार्टीका स्थानीय कमिटीहरु विस्तार गरिसकेका छौँ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘त्यसैले अगामी निर्वाचनमा सबै पालिकामा वडा तहदेखि पालिका स्तरसम्मका उम्मेदवार उठाउँछौँ । स्थानीय कमिटीहरुलाई ५ गते भित्र नाम सिफारिस गर्न निर्देशन दिइसकेका छौं ।’

टीकापुर नगरपालिकासहित पूर्वी कैलालीका भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकालाई आफ्नो प्रभाव क्षेत्र मानेको नागरिक उन्मुक्ति पार्टीले यी ठाउँमा आफ्ना उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेको छ भने ढिलो गरेर संगठन विस्तार भएका स्थानीय तहमा समेत धेरै वडाहरुमा आफ्नो उम्मेदवार जित्ने विश्वास लिएको छ । तर उक्त पार्टीले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ ।

‘हामी स्थानीय तहको निर्वाचन एक्लै लड्छौं तर कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौं,’ केन्द्रीय सदस्य चौधरी भन्छन्, ‘तर कुनै दलले हाम्रो पार्टीको चुनाव चिह्नबाट उम्मेदवार उठाउछौं भनेको खण्डमा मात्र तालमेल गरेर जान सकिने अवस्था भने रहन्छ ।’ चौधरीकाअनुसार अहिलेसम्म कुनै पनि स्थानीय तहमा उम्मेदवार छनोट भइसकेका छैनन् । आन्तरिक छलफल जारी भएकाले ५ गतेभित्र उम्मेदवारको नाम पालिकास्तरबाट सिफारिस हुने विश्वास नागरिक उन्मुक्ति पार्टीले गरेको छ ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६