पर्यटन

स्वर्गिय मंगलकुमार नेपालको शालिक अनावरण, कपिलवस्तुका पर्यटकीय स्थलको विकासमा लागी पर्ने नेपालको भनाई




कपिलवस्तु, ०३ वैशाख ।
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित कपिलधाममा संस्कृत साहित्यका विद्वान तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पिता पंण्डित स्वर्गिय मंगलकुमार नेपालको शालिक अनावरण गरिएकोछ ।

शनिबार कपिल आरोज्ञ मन्दिर कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले नेपालको शालिक अवावरण गर्नुभयो । त्यस्तै पाल्पामा जन्मुनभएका पूर्विय साहित्यका अध्येता तथा लेखक स्वर्गिय यादबप्रसाद कोईरालाको शालिकको अनावरण पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गरेका छन् ।

कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कला, साहित्यको विकाससँगै बुद्धको जन्मस्थल लुम्बिनी सहित बुद्धले ज्ञान प्राप्त गरेको कपिलवस्तुको तिलौराकोट, कपिलधाम, रामग्राम लगायतका पर्यटकीय स्थलको विकासका लागी आफु लागी पर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालकी बहिनी बसुन्धरा नेपाल, बाल साहित्यकार जोसिका कडेलले स्वर्गिय मंगलकुमार नेपालको जीवनसम्बन्धी काब्य वाचन गर्नुभएको थियो । यस्तै गिता अन्जानले स्वर्गिय मंगलकुमार नेपालको जीवनी संक्षीप्त रुपमा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बसुन्धरा नेपालले कपिलधामको प्रचारप्रसारका साथै यस ठाँउको विकासमा ध्यानदिनुपर्ने बताउनुभयो । ऐतिहासिक महत्व बोकेको कपिलधाम अझैपनि पछाडी रहेको भन्दै लुम्बिनीमा कार्यक्रम गर्दा कपिलधाममा पनि प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।

योसंगै साहित्य तीर्थस्थलका रुपमा विकास भईरहेको कपिलधाममा २२ जनाको प्रतिमा स्थापित भएकोछ । मुलुकका विभिन्न क्षेत्रका स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङमय र कलासाधनाद्वारा राष्ट्रको गौरब बढाउने व्यत्तीत्वका अर्धकदका शालिक यहा राखिएका हुन् । यहा मुलुक भरिका एक सय एक स्रष्टाको प्रतिमा राख्ने योजना बनाईएकोछ ।

कार्यक्रममा बटुकहरुले स्वस्ती वाचन गरेका थिए भने साहित्यक क्षेत्रका स्रष्टाहरुलाई सम्मान गरिएको थियो । कपिलवस्तुका पशुपतिमणि त्रिपाठी, पूर्वी रुकुमका फत्तेकुमारी वली, रोल्पाका कविता उपाध्याय, रुपन्देहीका डिक बहादुर उपाध्याय, गुल्मीका नारायण ज्ञवाली, रुपन्देहीका गिरीत्रिस मगर र बाल साहित्यकार जोसिका कडेललाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव रुद्रमणी ज्ञवालीले गर्नुभएको थियो ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६