कृषि

माओवादीको चुनावी प्रचार अभियान तीब्र हुदै




भगवती न्यौपाने
कपिलवस्तु ४ बैशाख । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले वाणगंगा नगरपालिकामा चुनावी प्रचार कार्यलय स्थापनामा तीव्रता दिएको छ । सोही क्रममा वडा नम्बर ८ बोड्गाउमा पार्टी कार्यालय उद्घघाटन भएको छ ।चुनाव प्रचार प्रसारको लागि पार्टी कार्यालय उद्घाटन गर्दै लुम्बिनी प्रदेश कमिटि सदस्य सुकई थारुले शहिदको वलिदानलाई माओवादी पार्टीले मात्रै सही मार्गदर्शन गर्न सक्ने बताउनु भयो । साथै कपिलबस्तुमा भएको अहिले सम्मको विकासको कार्यमा माओबादी अग्रपंतिमा रहेको दाबी समेत गर्नुभएको छ ।
नेकपा माओवादि केन्द्र लुम्बिनी प्रदेश सदस्य नारायण भुसालले माओवादीलाई जनताको दरिलो साथ रहने बताउनु भयो। सविधान, संसद, सरकार र कानुनको रक्षा गर्ने पार्टी माओवादी भएको बताउदै अबको चुनाबमा माओवादी पाटीको जित सुनिश्चिता भएको बताउनु भयो ।उक्त कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि सदस्य विमला चौधरी, सुवास सल्यानी,जिला समन्यव समिति हुमनाथ पौडेल, जिल्ला सल्लाकार प्रेमराज घिमिर, नगर उपाध्यक्ष टेकेन्द्र क्षेत्री लगायतले बोल्दै पाटीलाई चलायामान गराउदै अबको चुनाबमा उर्जाका साथ अगाडी बढ्न सबैलाई आग्रह गर्नु भयो ।
वडा कमिटि अध्यक्ष विष्णु पौडेल तेजेन्द्रको अध्यक्षता वाणगंगा वडा नम्बर ८ का वडा कमिटि उपाध्यक्ष भागिरथ न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव गणेस परियारले गर्नु भएको थियो ।उक्त कार्यक्रममा प्रदेश कमिटि सदस्य सरोज खनाल,पुर्व किसान महासंघ केन्द्रिय सदस्य फनिराम जिसि, कपिलवस्तु काठमाडौ सम्पर्क समन्वय समिति सचिव विनोद मरासिनी लगायत पाटीका नेताकार्यकताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६