प्रदेश

सिट बाँडफाँटको जिम्मा कार्यदललाई दिने सत्ता गठबन्धनको निर्णय



काठमाडौं, ०४ वैशाख । सत्तारूढ गठबन्धनको आज बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिएको छ । शीर्ष नेताहरूको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेताहरूबीचमा सिट बाँडफाँट छिटो गर्ने सहमति पनि बनेको स्रोतले बतायो । आजै दिउँसो १ बजे कार्यदलको बैठक बस्ने पनि तय भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल यसअघि नै बनिसकेको छ । बैठकमा जिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल गर्ने र टुंगोमा पुग्ने सहमति बनेको छ ।कार्यदलले सिट बाँडफाँटको प्रस्ताव शीर्ष नेताहरूमाझ प्रस्तुत गरेपछि मात्र अन्तिम निर्णय गरिने जनाइएको छ । महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने निर्णय भइसकेको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६