प्रदेश

स्याङ्जा जीप दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो



स्याङ्जा, ०४ वैशाख ।
स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाको पहिचान खुलेको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ-१३ को बायाँटारीका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ-१२ को फिरफिरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा वालिङ नगरपालिका- १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षकी हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ वर्षका छोरा गौरव सारु र वालिङ नगरपालिका १४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा ६० वर्षका अङ्गबहादुर डाला, ५७ वर्षका दलबहादुर डाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १९ वर्षकी लक्ष्मी डाला र १८ वर्षकी नविना सारु रहेका जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । जीपमा ११ जना यात्रु थिए।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६