बैसाख ०४, भगवती न्यौपाने ।
कपिलवस्तुले जिल्लाको वाणगंगा नगरपालिकाले आईतवार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा वाणगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सेवा निर्बित्त गरेका शिक्षक २९ जना, एम फिल्ड गरेका ५ जना, विधावारिधि पि.एच.डी गरेका २ जना, विज्ञान विद्यार्थी प्रतिभा प्रहिचान गरेका १ जना विद्यार्थी , नगर हुर्दै प्रदेश सम्म उत्कृष्ट हुने विद्यार्थी, नगरमा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान ल्याएका विद्यार्थी लगायत साहित्य क्षेत्रमा राम्रो पहिचान बनाउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष नगर प्रमुख मंगल प्रसाद थारुले कार्यक्रममा बोल्दै सम्मान हुने सम्पूर्ण शिक्षकहरुलाई बधाई दिदै आगामि दिनमा नगरलाई साथ सहयोग हुने बताउनु भयो यता नगर देखि प्रदेश सम्म उत्कृष्ट हुने विद्यार्थीले आफनो, विद्यालय परिवार र नगरको नाम उच्च बनाउन सफल भएकोमा बधाई दिदै आगामि दिनको सफलताको शुभकामना दिनु भएको थियो ।
उप सचिव बाबुराम भट्टराई स्वागत मन्तव्य राख्दै शिक्षा क्षेत्रमा नगरले धेरै राम्रो स्थान बनाउन सफल भएको बताउनु भयो । अधिकृत खिमबहादुर जिसिले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख चक्र पाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषाल, सामाजिक विकास डिभिजन कार्यलय प्रमुख कपिलवस्तुका सूर्य प्रसाद भुषाल लगायत नगरका शिक्षकहरुको उपस्थित रहेको थियो ।
४ बैशाख २०७९, आइतबार
प्रतिक्रिया