स्याङ्जा, ०५ वैशाख । स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । वालिङ १२ का ६० वर्षीय अङ्गबहादुर डालाको आज बिहान उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
घाइते अन्य पाँच जनाको भने गण्डकी अस्पतालमा नै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । आइतवार वालिङ नगरपालिका नगरपालिक-१२ को फिरफिरेमा जीप दुर्घटना भएको हो । घटनास्थलमा नै चार जनाको र उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा एक शिशुको ज्यान गएको थियो । जीप ग्रामीण सडकबाट झन्डै दुई सय मिटर तल भिरमा अड्किएको छ । जीपमा ११ जनामा रहेका थिए ।
प्रतिक्रिया