प्रदेश

प्युठानको झिमरुकमा कांग्रेस-माओवादीबीच तालमेल, जनमोर्चा एक्लियो



काठमाडौं, ०५ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीबीच मात्रै तालमेल हुने भएको छ ।
गत २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चा विजयी भएको झिमरुकमा गठबन्धनका दुई दलले मात्रै तालमेल गर्ने निर्णय गरेको कांग्रेस र माओवादीले आज संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । कांग्रेस-माओवादीले मात्रै तालमेल गरेपछि यो गाउँपालिकामा जनमोर्चा एक्लिएको छ ।

सहमतिअनुसार माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वडा तहमा पनि दुवै पार्टीले सहमतिका आधारमा बाँडफाँड गर्ने निर्णय भएको छ । वडा तहमा वडाध्यक्ष जुन पार्टीलाई भाग पर्छ सोही पार्टीको चिह्न लिएर चुनावमा जाने सहमति भएको छ ।

गठबन्धनमा रहेका जनमोर्चालगायतका अन्य दलहरूसँग पटकपटक छलफल गर्दा पनि सहमति नभएपछि दुई पार्टीबीच मात्रै साझा उम्मेदवार तय गर्ने निर्णय भएको कांग्रेस र माओवादीले जनाएका छन् । गत चुनावमा यो पालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमोर्चा निर्वाचित हुँदा माओवादी दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो भएका थिए ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६